मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १८ बिहीबार १८:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सुदूरपश्चिममा एकैदिन ३३३ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १८:१३:००

सुदूरपश्चिममा एकैदिन तीन सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या  दुई हजार नौ सय ४४ जना पुगेको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले जानकारी दिए । 

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलित नमुना जाँच गर्दा बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन सय पाँच, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ र वीर अस्पतालको प्रयोगशालामा दुईजनामा कोरोना पुष्टि भएको कार्कीले बताए । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशभर सबैभन्दा बढी कैलालीमा आठ सय ७४ जनामा संक्रमण देखिएको छ । बिहीबार मात्रै कैलालीमा एक सय ८२ जना संक्रमित थपिएका छन् । यस्तै डोटीमा चार सय ७३, कञ्चनपुरमा तीन सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम दार्चुलामा १७ जना र बझाङमा ९२ जना संक्रमित छन् । संक्रमितमध्ये अधिकांश भारतबाट फर्केकाहरू छन् ।

जेठयता मात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर भारतबाट डेढ लाख नागरिक भित्रिएका छन् । उनीहरूमध्ये अधिकांशको स्वास्थ्य जाँच हुन सकेको छैन । संकलन गरिएका ६ हजारभन्दा बढी नमुना जाँच हुन बाँकी छ । प्रदेशभर करिब ११ हजार जना मात्रै क्वारेन्टाइनमा छन् भने हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।