मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी गुआनाजुतो
२०७७ असार १८ बिहीबार १६:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मेक्सिकोमा बन्धुकधारीद्वारा २४ जनाको हत्या

Read Time : < 1 मिनेट
रासस/एएफपी गुआनाजुतो
२०७७ असार १८ बिहीबार १६:१३:००

मध्यमेक्सिकोको एउटा लागुऔषधपीडित पुनर्स्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आक्रमणमा अरू सातजना घाइते भएका छन् ।

सुरक्षा निकायले दिएको प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरू पुनर्स्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

उनीहरूले केन्द्रमा रहेका व्यक्तिहरूलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

रातो सवारीसाधनमा आएका आक्रमणकारीको खोजी कार्य तीव्र बनाइएको प्रहरी अधिकारीहरूले जनाएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । 

गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरू तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घटना बढेका छन् । 

मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरू जस्तै न्यु जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् ।

यी समूहहरू घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् ।

पछिल्लो समयमा आपराधिक घटना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुनी व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए ।