मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असार १८ बिहीबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतले दशगजामा बनाएको बाँधले नेपाली बस्ती र खेतीयोग्य जमिन डुबानमा 

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १५:४८:००

विराटनगर महानगरपालिका– १६ दरैया बस्तीका कृषक सौठीलाल यादवले आफ्नो खेतमा धान फलाउन नपाएको पाँच वर्षभन्दा बढी भयो । जब वर्षायाम सुरु हुन्छ तब उनको पाँच बिघा खेत हरेक वर्ष डुबानमा पर्छ । पानी घट्ला र धान रोपौँला भनेर भदौसम्म पर्खिंदा पनि उनी धान रोप्न पाउँदैनन् । 

कृषक सौठीलालले वर्षायाममा आफ्नो खेतमा वर्षौंदेखी धान रोप्न नपाउने एउटै कारण भारतले दशगजा क्षेत्रमा बनाएको बाँध हो ।  वर्षायाममा नेपालबाट बगेर जाने पानीको निकासलाई छेक्न भारतले पाँच वर्षअघि नै आफ्नो सीमातर्फ दशगजा क्षेत्रमा बाटो बनाउने बहानामा अग्लो बाँध बनाएको छ ।  जसले गर्दा हरेक वर्ष नेपालतर्फको भूमि डबानमा पर्दै आएको छ । भारतले बाटो बनाउने बहानामा बनाएको बाँधमा कतै पनि कल्भर्ट बनाएर पानीको निकास हुन दिएको छैन । 

‘के गर्नु हजुर, वर्षायाममा हामीलाई बचाउने त एउटा ईश्वर मात्रै हो, हिउँदमा खेतमा अलि अली गेनारी (उखु)  हुन्छ र मात्र बाँचेका छौँ,’ आफ्नो मलिलो खेतमा मुख्य धान बाली नै लगाउन नपाएपछि खिन्न भएका यादवले भने । उनका अनुसार नेपाल सरकारले भारतसँग वार्ता गरेर सिमानाबाट  पानीको निकास खुलाए मात्र सीमा क्षेत्रका नेपालीहरूले धानखेती गर्न पाउने छन् । 

प्रदेश १ को सुनसरी झापा, मोरङको सिमाना दशगजालाई छुवाएर भारतले दश वर्ष अघिदेखि  बाटो बनाउने नाममा अग्लो बाँध बनाएको छ । जसले गर्दा नेपाली कृषकहरू खेतीबाट वञ्चित हुँदै आएका छन् भने बसोवास गर्नेहरू पनि  डुबानमा पर्दै आएका छन् ।