मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १८ बिहीबार १५:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक संकट बढ्ने गरी कदम नचाल्न राष्ट्रपतिलाई प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १८ बिहीबार १५:४७:००

संसद् अधिवेशन अन्त्यपछि उत्पन्न राजनीतिक संकटमाथि छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रचण्ड बालुवाटार फर्केका छन् ।

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिसपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका थिए ।

करिब ४५ मिनेटको भेटवार्ता गरेर उनी बालुवाटारमा फर्केका छन् । राजनीतिक संकट बढ्ने गरी कुनै पनि कदम नचाल्न प्रचण्डले राष्ट्रपति भण्डारीसँग आग्रह गरेको स्रोतको भनाइ छ ।

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको हतारको निर्णयप्रति नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने समूह असन्तुष्ट छ ।

संसद् अधिवेशन अन्त्यको सरकारको निर्णयसँगै नेकपाको बैठकसमेत प्रभावित भएको छ ।

आज बिहान मात्रै सरकारले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

लगत्तै राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी छिन् ।