१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असार १८ बिहीबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरजहारीमा पिसिआर परीक्षण सुरु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असार १८ बिहीबार १५:४५:००

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पिसिआर परीक्षण सुरु भएको छ । नगरपालिकाले पिसिआर मेसिनसहित आवश्यक सामग्री खरिद गरेर प्रयोगशाला स्थापना गरेपछि चौरजहारीमा पिसिआर परीक्षण सुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको बायोमेट्रिक इन्जिनियर, डाक्टर र कर्मचारीहरूको टोलीले पिसिआर मेसिनलगायतका सामग्री जडान गरेपछि बुधबार प्रयोगशालाको उद्घाटन गरिएको थियो । 

पहिलो दिन चारजनाको स्वाबको नमुना परीक्षण गरिएकामा चारैजनाको रिपोर्ट नेगेटिभ आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार सफल परीक्षणसँगै प्रयोगशालाको उद्घाटन भएको र अब नियमित रूपमा पिसिआर विधिबाट स्वाब परीक्षण भइरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको टोलीले नगरका स्वास्थ्यकर्मीहरूलाई प्रयोगशाला सञ्चालनका लागि तालिम दिइरहेको र तालिम पाएपछि नगरकै स्वास्थ्यकर्मीको टिमले प्रयोगशाला चलाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।