मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १८ बिहीबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार

एकैदिन दार्चुलामा सशस्त्र प्रहरीका तीन बिओपी थपिए

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १५:२४:००

एकैदिन सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् ।

दार्चुलामा एकैदिन तीनवटा बिओपी थपिएका हुन् ।

बिहीबार जिल्लाको मालिकाअर्जुन गाउँपालिका– ४ जोलजिबी, लेकम गाउँपालिका– ३ लाली र व्यास गाउँपालिका– २ दुम्लिङमा बिओपी स्थापना भएको हो ।

यसअघि दार्चुलाको छाङरूमा बिओपी स्थापना भइसकेको छ । योसँगै दार्चुलामा बिओपी संख्या चार पुगेको छ ।

बिहीबार सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपी उद्घाटन गरेका हुन् ।

दार्चुलामा मात्र ६ वटा बिओपी राख्न लागिएको छ ।