मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
किरण दहाल काठमाडौं
२०७७ असार १८ बिहीबार १५:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्शविना बजेट अधिवेशन अन्त्य, महत्वपूर्ण विधेयकहरू पुनः रोकियो

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ असार १८ बिहीबार १५:०८:००

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गऱ्याे । लगत्तै राष्ट्रपतिबाट बिहीबार बेलुका ५ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना पनि आइसक्यो ।

अधिवेशन अन्त्य भएकोबारे सार्वभौम संसद्का सभामुख अग्नि सापकोटासँग छलफल नै नभएको सभामुखनिकट स्रोतले जनाएको छ । 

अधिवेशन अन्त्यबारे राष्ट्रिय सभा अध्ययक्ष गणेश तिमल्सिनासँग पनि छलफल नभएको बुझिएको छ । 

यसरी मन्त्रिपरिषद्ले संसद्सँग सल्लाह पनि नगरी अधिवेशन अन्त्य गराएको छ ।

बजेट अधिवेशन अन्त्य भएसँगै संसद्का धेरै कामकारबाही पनि प्रभावित भएका छन् ।

अहिले नै अधिवेशन अन्त्य गर्दा कोरोनाको महामारीबाट केही हदसम्म संसद् सुरक्षित भए पनि संसदमा रोकिएका महत्वपूर्ण कामहरू भने झनै अलपत्र पर्ने देखिएको छ ।

नागरिकताजस्ता महत्वपूर्ण विधेयकहरू यो अधिवेशनमा पनि पार लागेन । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको याे विधेयक प्रतिनिधिसभामा पुगेको छ । 

लामो समयसम्म पनि सहमति जुट्न नसकेपछि समितिले केही दिनअघि मात्रै यो विधेयक बहुमतबाट पारित गरेको थियो । 

यसै अधिवेशनमा पार लगाउने भन्दै समितिले बहुमतकै आधारमा विधेयक पारित गरेको थियो । 

प्रतिनिधिसभामा पुगे पनि यो विधेयकले पुनः केही महिना रोकिनुपर्ने भएको छ । 

नागरिकता विधेयकबारे समितिमा छलफल चल्दै गर्दा पनि गृहमन्त्री रामबहादुर थापाले नागरिकता विधेयक यसै अधिवेशनमा पारित गर्नुपर्नेमा जोड दिएका थिए । 

वैवाहिक अंगीकृत नागरिकतामा सहमति जुट्न नसक्दा यो वेधेयक १ वर्षदेखि समितिमै अड्किएको थियो । 

त्यस्तै, संघीय निजामती विधेयकपनि राज्य व्यवस्था समितिबाट पास भइसकेको छ, तर प्रतिनिधिसभामा टेबुल भइसकेको छैन । 

यो विधेयक पनि यसै अधिवेशनमा पार लगाउने हिसाबले समितिले बहुमतकै आधारमा पास गरेको थियो । 

समितिले पास गरेको यो विधेयकमा सरकारकै असहमति भएकाले कसरी अघि बढ्छ भन्नेमा अन्याेल कायमै थियो ।

नागरिकता र संघीय निजामती विधेयक मात्रै हाेइन, अरू धेरै विधेयकहरू केही सदनमा र केही समितिमा रोकिएका छन् । 

सूचना प्रविधि वियक, विशेष सेवा विधेयक, अख्तियार दुरुपयोग विधेयकहरू सदनमै छन् ।

संसद् सचिवालयका अनुसार संसद्को छैटौँ अधिवेशनमा १९ वटा विधेयक दर्ता भयो । यसमध्ये प्रतिनिधिसभामा सरकारी र गैरसरकारी दुवे गरेर १४ वटा दर्ता भए । 

राष्ट्रिय सभामा सरकारी चारवटा र गैरसरकारी एउटा गरेर जम्मा पाँचवटा विधेयक दर्ता भएको थियो ।

अहिले समितिमा १० वटा विधेयक विचाराधीन अवस्थामा छन् । 

यस अधिवेशनले नाैवटा विधेयक प्रमाणीकरण गऱ्याे । त्यस्तै, राष्ट्रिय सभाले दुईवटा विधेयक प्रमाणीकरण गरेको संसद् सचिवालयले जनाएको छ ।