मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार १८ बिहीबार १५:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा बिहीबार ६ कोरोना संक्रमित थपिए, ४९ जना निको भए

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार १८ बिहीबार १५:०७:००

कर्णालीमा बिहीबार ६ जना कोरोना संक्रमित थपिएका छन् भने ४९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । भेरी अस्पताल बाँके र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा ६ जना काेराेना संक्रमित फेला परेका हुन् । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार भेरी अस्पाताल बाँकेमा गरिएको परीक्षणमा पाँचजना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा एकजनामा कोरोनाको संक्रमण देखिएको हो । 

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का ५२ वर्षीय  पुरुष, ४ का ३३ पुरुष र ८ का ३४ वर्षीया महिला गरी तीनजना रहेका छन् । दैलेख महावु गाउँपालिका–४ का २५ वर्षीय पुरुष एकजना र स्याङ्जा वालिङ नगरपालिका– ६ का एकजना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

त्यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पलाँता गाउँपालिका– ३ का २३ पुरुषमा कोरोना संक्रमण देखिएको डा. तिवारीले जानकारी दिए । सुर्खेतको लेकबेंसी नगरपालिकाको आइसोलेनसनबाट ३३ जना, गुर्भाकोट नगरपालिकाको आइसोलेसनबाट नाैजना, सिम्ला गाउँपालिकाको आइसोलेसनबाट तीनजना, सालकोट आइसोलेसनबाट दुईजना र प्रदेश अस्पताल सुर्खेतबाट दुईजना डिस्चार्ज भएको डा. तिवारीले बताए । 

कर्णालीमा कोरोना संक्रमित हुनेको कुल संख्या १४७४ रहेको र त्यसमध्ये ११२७ जनाले कोरोना जितेको डा. तिवारीले बताए । ‘अहिले सक्रिय बिरामीको संख्या तीन सय ४१ रहेको छ,’ उनले भने, ‘कोरोनाका कारण  कर्णालीमा ६ जना मृत्यु भएको छ ।’