Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार १५:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको मूल मर्म र भावनाअनुरूप नै संघीय निजामती सेवाको विधेयक आउँछ : सभामुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १८ बिहीबार १५:०४:००

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावनाअनुरूप नै संघीय निजामती सेवाको विधेयक आउने बताएका छन् । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको भेटका क्रममा बिहीबार सभामुख सापकोटाले संविधानको मर्म र भावनाअनुरूप नै निजामती विधेयक आउने बताएका हुन् ।  

ट्रेड युनियनले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै सभामुख सापकोटालाई भेट गरी ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले विधेयकको सम्बन्धमा आफूले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्मअनुरूप नै अगाडि बढ्ने बताए । उनले संविधानको मर्म र भावनाअनुरूप नै विधेयकको विकास गर्न आफूले अधिकतम प्रयत्न गर्नेसमेत बताए । 

भेटवार्तामा ट्रेड युनियनका पदाधिकारीहरूले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू नै नरहने गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् । 

उनीहरूले मौजुदा निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्थाबमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरिसकेको छ ।