मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १८ बिहीबार १४:५४:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १४:५४:००

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको सिफारिसपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

आज बिहान मात्रै सरकारले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

संसद् अधिवेशन अन्त्यको सरकारको निर्णयसँगै नेकपाको बैठकसमेत प्रभावित भएको छ ।

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको हतारको निर्णयप्रति नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने समूह असन्तुष्ट छ ।