Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १८ बिहीबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार

अन्योलमा नेकपा स्थायी कमिटी बैठक : सदस्यहरू बैठक हलभित्र प्रतीक्षामा, पाँच शीर्ष नेताहरू अर्काे कोठामा छलफलमा

Read Time : < 1 मिनेट
२०७७ असार १८ बिहीबार १४:११:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटी बैठक अन्योलमा परेको छ । 

बिहीबारका लागि तय गरिएको समयमा बैठक नबसी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकी उनी त्यहाँ सहभागी भएका थिए । 

मन्त्रिपरिषद् बैठक सकिए पनि अझैसम्म स्थायी कमिटी बैठक सुरु हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष नेपाल वामदेव गाैतम र नेता विष्णु पौडेल भने छलफलमा रहेको स्रोतले जनाएको छ ।

उनीहरू प्रधानमन्त्री निवास बालुवाटारमा नै छलफलमा छन् । 

बालुवाटारको बैठक कक्षमा स्थायी कमिटी सदस्यहरू भने स्थायी कमिटी बैठक कहिले चल्ला ? भनी प्रतीक्षामा बसिरहेका छन् । 

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै पाँचजना शीर्ष नेताहरू छलफलमा जुटेको, तर अहिलेसम्म स्थायी कमिटी बैठक हुने वा नहुने भन्ने जानकारी बैठक हलमा पर्खिरहेका स्थायी कमिटी सदस्यहरूलाई भने नदिइएको एक नेताले जानकारी दिए ।