मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार ढाल्न पाइँदैन भन्दै माइतीघरमा ओली समर्थकको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १८ बिहीबार १३:५९:००

सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइँदैन भन्दै बिहीबार युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेका वेला केही कार्यकर्ताले प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीले नारा लगाएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए । उनीहरूले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’लगायतका नारा लगाएका छन् ।