१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १८ बिहीबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार

सलहबारे संसदमा संकल्प प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १८ बिहीबार १२:५२:००

सलहको बथानलाई रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्नुपर्ने भन्दै संसदमा संकल्प प्रस्ताव परेको छ ।

सांसदहरू डिला संग्रौला, पद्मनारायण चौधरी र मीना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

संकल्प प्रस्तावमा स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरू परिचालित भई किरा नष्ट गर्न र खाद्यान्य बालीनालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएकाे छ ।

प्रस्तावमा भनिएको छ, ‘कुनै पनि रोगव्याधि, कीटाणु र किरा–फट्याङ्ग्रा आदिले समेत मानिसलगायत बालीनालीमा पुऱ्याउने  असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्था छ । त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउन जरुरी छ ।’

सलहले कृषि क्षेत्रलाई नोक्सान गरेको भन्दै पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेसमेत बताइएको छ ।

‘कृषि क्षेत्र नै भरपर्दो क्षेत्र भन्दै आएको सन्दर्भका एक्कासि सलहको बथानले कृषि बालीमा पुऱ्याएकाे क्षति एवं कृषकलाई मानसिक र आर्थिक रूपमा पुऱ्याएकाे नोक्सानीलाई सरकारको तर्फबाट अभिभावकत्व निर्वाह गरी क्षतिपूर्तिसमेतको व्यवस्था गर्नुपर्ने देखिन्छ,’ प्रस्तावमा भनिएको छ ।