Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार ११:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थायी समिति बैठकका बीच प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १८ बिहीबार ११:३८:००

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठकका लागि पूर्वनिर्धारित समयमा नै आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याह्न १२ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । मन्त्रिपरिषद् बैठक नियमित रूपमा बिहीबार बस्ने गरेको भए पनि सामान्यतया बिहीबारका दिन दिउँसो वा साँझसम्म मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । 

पूर्वनिर्धारित समयअनुसार बिहीबार बिहान ११ बजे नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम थियो । 

तर, स्थायी समिति बैठक ११ बजेबाट सुरु भएको छैन भने १२ बजेका लागि बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको जानकारी एसएमएसमार्फत मन्त्रीहरूलाई पठाइएको छ । 

भर्खर मात्र मन्त्रिपरिषद् बैठक राखिएकोबारे जानकारी पाएको एक मन्त्रीले जानकारी दिए । 

उनले अकस्मात् किन मन्त्रिपरिषद् बैठक बोलाइयाे भनेर आफू पनि अचम्ममा परेको प्रतिक्रिया दिए । 

सत्तारुढ दल नेकपाको चलिरहेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा दलभित्रकै केही शीर्ष नेताहरूले मागेका छन् । त्यसमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत राजीनामा मागेपछि नेकपाभित्र राजनीतिक द्वन्द्व चर्किन पुगेको छ । 

बुधबार बिहान मात्र प्रधानमन्त्रीले स्थायी समिति सदस्य रहेका आफ्ना केही मन्त्रीहरूसँग पार्टीभित्र देखिएको परिस्थितिको निकासबारे सुझाब मागेका थिए ।