मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
समाचार

आइसोलेसन र क्वारेन्टाइन खाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १८ बिहीबार ११:२१:००

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष साेमबार डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको हाे । मनाङमा अन्य सङ्क्रमित फेला परेका छैनन् ।
 
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।  एघार दिनको उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचार्यले बताए ।  

मनाङमा अहिलेसम्म कपिलवस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा बाहेक अन्यमा कोरोना देखिएकाे छैन । मनाङमा ३० जनाको पिसिआर परीक्षण गरिएकामा एकजनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए ।
 
हालसम्म मनाङमा एक सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । मनाङमा निर्माण गरिएको ९३ शय्या क्षमताको क्वारेन्टाइन र सात शय्याको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टाइन अहिले खाली छन्  । रासस