मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १८ बिहीबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ओलीनिकट नेताहरूसँग छलफल गर्दै प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १८ बिहीबार १०:४३:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूसँग छलफल गरेका छन् । प्रचण्डले ओलीनिकट नेताहरूसँग बिहीबार बिहान आफ्नै निवास खुमलटारमा छलफल गरेका हुन् । 

बिहान ८:३० बजेदेखि सुरु भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत नेताहरू सहभागी छन् ।

छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटी सदस्यहरू पनि सहभागी भएकाे खुमलटार स्रोतले जानकारी दियो । 

नेकपाको पछिल्लो शक्ति–संघर्षलाई सकभर सहमतिमै टुंगोमा पुर्‍याउन प्रचण्डले ओलीनिकटका नेताहरूसँग छलफल गरेका हुन् । नेकपाको जारी स्थायी कमिटी बैठक ११ बजे बस्दै छ ।