१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार २०:३०:००
Read Time : < 1 मिनेट
समाचार

लोकतन्त्र खतरामा पर्दैछ : वरिष्ठ नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार २०:३०:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । जिल्ला कार्य समिति तनहुँले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले भने, “भ्रष्टाचार मौलाउँदै गएकाले यसको न्यूनीकरण समयमै गर्न नसके लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ ।” 

“गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहुँको खैरेनीटारमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र हटाउने सरकारको निर्णयविरुद्ध बृहत् विरोध कार्यक्रमको आयोजना गर्नुपर्छ,” उनले भने, “यो सरकारलाई बेलैमा झक्झकाउन सकिएन भने लोकतन्त्र खतरामा पर्ने सङ्केत देखिएको छ ।” 

“कांग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः कांग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,” उनले भने, “कांग्रेसले समाजमा परिवर्तन हुने गरी काम काम गर्छ जनतालाई झुक्याएर होइन ।” अब चुनाव धेरै टाढा नरहेकाले काङ्ग्रेसको नेतृत्वमा सरकार आउन सक्ने सम्भावन रहेको चर्चा गर्दै उनले भने, “पहिलाकै स्थानमा पुग्न कांग्रेसले कसरत गर्न आवश्यक छ ।”  रासस