Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असार १७ बुधबार १७:३३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोना संक्रमित बढेपछि चौरजहारीका तीन वडा सिल 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असार १७ बुधबार १७:३३:००

कोरोना संक्रमित बढेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका तीन वडा सिल गरिएको छ । कोरोना थप फैलिन नदिन नगरका वडा नम्बर १, २ र ३ लाई सिल गरेको हो । 

नगरले एक सूचना जारी गरी वडा नम्बर १ नाखिरा, लामिछानेगाउँ घारीगाउँ, वडा नम्बर २ को नयाँबजार, रुकुमेगाउँ, वडा नम्बर ३ को घारीकापाखा, टाटागाउँ र स्यालखोलालाई कोरोनाको उच्च जोखिममा राखी सिल गरेको छ । मंगलबारबाट लागू हुने गरी वडालाई सिल गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । अर्को सूचना जारी नभएसम्मका लागि तीन वडालाई अनिश्चितकालीन रूपमा सिल गरिएको हो । यो समयमा अत्यावश्यकीय कामबाहेक सवारीसाधन चलाउन पाइनेछैन भने मानिसको आवतजावत र व्यापार व्यवसाय पूर्ण रूपमा बन्द रहनेछन् । 

तोकिएका क्षेत्रमा कोही कसैले प्रतिबन्धित कार्य गरेको पाइएमा संक्रामक रोग ऐनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा हिजो मात्र नाैजनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये दुईजना कन्ट्रयाक ट्रेसिङबाट पत्ता लागेका स्थानीय थिए । स्थानीयमा समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले तीन वडालाई सिल गरेको हो । हालसम्म जिल्ला भरमा १२ जना संक्रमित देखिँदा चौरजहारीका मात्र ११ जना रहेका छन् ।