मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १७ बुधबार १६:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुधबार २६ जना थपिएसँगै  प्रदेश १ मा कोरोना संक्रमितको  संख्या ६०४  पुग्यो 

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १६:१६:००

प्रदेश १ मा बुधबार २६ जना थपिएपछि कोरोना संक्रमितको संख्या ६ सय चार पुगेको छ ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार  १४ जना महिला र १२ जना पुरुषमा संक्रमण फेला परेपछि संक्रमितकाे संख्या ६ सय चार पुगेको हो ।   

मन्त्रालयका अनुसार  झापाको मेचीनगर नगरपालिकामा ६ महिला, एक पुरुष, बुद्धशान्तिमा दुई महिला र तीन पुरुष, गौरादहमा तीन महिला चार पुरुष, गौरीगन्जमा एक पुरुष, मोरङको उर्लाबारी र केराबारीमा एक–एक पुरुष, इलामको सूर्योदयमा दुई महिला, सुनसरीको इटहरीमा एक महिला र ताप्लेजुङको फुङलिङमा एक पुरुषमा कोरोना संक्रमण भएको पृष्टि भएको छ ।