मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १७ बुधबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसीकाे विरोधमा माइतीघरमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १७ बुधबार १५:५१:००

एमसिसी, भ्रष्टाचार र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा एमसिसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पिसिआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरू विभिन्न नारा लेखिएका पम्प्लेटसहित सडकमा उत्रिएका थिए । उनीहरूले ‘सरकार हामीलाई गरिखान देऊ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरिपाऊँ’, ‘नो एमसिसी’, ‘एमसिसी चाहिँदैन लागू गर्न पाइँदैन’, ‘पिसिआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्यसम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्रविना कुनै पनि राष्ट्र बन्दैन’, ‘सैलुन खोल्न देऊ’, ‘नागरिक आयोग गठन गर’लगायत लेखिएका ब्यानरहरू लिएर उभिएका थिए ।

उनीहरूले एमसिसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पिसिआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन् ।