मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार

पर्यटनमन्त्री भट्टराईले स्थायी समितिमा भने– दुर्घटना ननिम्तियोस्, छिटो एकताबद्ध हुनुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार १३:३९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको राजधानी काठमाडौंमा बुधबार भएको स्थायी समिति बैठकमा स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीभित्र देखिएको अन्तरसंघर्षले दुर्घटना निम्तिन सक्नेप्रति नेतृत्वलाई सचेत गराएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले पार्टीका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच चर्केको शक्ति–संघर्षले ठूलो दुर्घटनामा पुऱ्याउन सक्ने भन्दै उनले पार्टीभित्रको एकतामा जोड दिँदै मध्यमार्गी धारणा राखेका हुन् । 

उनले अन्तर्द्वन्द समाधान गरी छिटो एकता कायम गर्नुको विकल्प नभएको बताएका थिए । 

साथै उनले सबै नेतृत्वले छलफल गरी मिल्नुपर्ने र त्यस्तो उपायबाट मात्र दुर्घटना टार्न सक्ने बताएको स्रोतले जनाएको छ । 

उनले संवादमा जोड दिनुबाहेक अन्य विकल्प नभएको भन्दै त्यो नै सबैभन्दा बुद्धिमतापूर्ण कम हुने बताएका थिए ।