Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १७ बुधबार १३:४३:००
मुख्य समाचार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित 

नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १७ बुधबार १३:४३:००

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । ०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित सदस्य हुन् । 

मुटुसम्बन्धी पीडित उनकोे गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको हाे । बाग्लुङको तमानखोला– ५ मा जन्मिनुभएका छन्त्याल ढोरपाटन नगरपालिका– १ बुर्तिवाङमा बस्दै आएकी थिइन् ।  प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए । 

यस्तै राष्ट्रिय सभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार १ बजेटका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए ।