मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १७ बुधबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार

लामा र गिरी क्यान सदस्यमा सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार १७ बुधबार १०:५३:००

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषदबाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरूप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।  

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवैजनालाई राखेपले मंगलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताए ।  उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख  गरे । लामासित क्यानका पूर्वअध्यक्ष टंक आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उनले  यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसकेका छन् ।  लामा पोखरा प्रिमियर लिग  (पिपिएल) को आयोजक क्विन्स इभेन्टका प्रबन्ध–निर्देशकसमेत हुन् । 

यस्तै अर्का मनोनीत सदस्य गिरी मदन मण्डारी स्पोर्टस् फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष हुन् । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । रासस