Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १७ बुधबार १०:२२:००
Read Time : < 1 मिनेट
समाचार

सांसद ज्ञानकुमारी छन्त्यालको निधन

Read Time : < 1 मिनेट
२०७७ असार १७ बुधबार १०:२२:००

कांग्रेसकी समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । ६६ वर्षीया छन्त्याल मुटु तथा मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिइन् ।

उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको कांग्रेस बाग्लुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, चन्द्र भण्डारीलगायतका नेताले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत स्वार्गीय छन्त्यालप्रति श्रद्धाञ्जली दिएका छन् । 

बाग्लुङको तमानखोला गाउँपालिका–५ खुंखानीमा जन्मिएकी छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् थिइन् । साथै उनी कांग्रेस बाग्लुङको सल्लाहकार तथा महाधिवेशन प्रतिनिधिसमेत रहेकाे सभापति कुँवरले बताए । 

मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निसान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्याल सहभागी हुन सकेकी थिइनन् ।

उनको आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने सभापति कुँवरले जानकारी दिए ।