मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १७ बुधबार ०९:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

वर्षातमा छालाको समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १७ बुधबार ०९:४१:००

-वर्षायाममा वातावरण ओसिलो रहन्छ । यस्तो मौसममा ब्याक्टेरियाको संक्रमण छिटो फैलिन्छ । अस्वस्थ खानपान, वर्षात् र हिलोका कारण ब्याक्टेरियाले फैलिने अवसर पाउँछन् ।

-सागपात र फलफूलमा रहने ब्याक्टेरियाले झाडापखाला, मौसमी ज्वरो, पाचन प्रक्रियामा गडबडी गराउँछन् ।

-वर्षातमा छालामा एक्जिमाले बढी सताउँछ । छाला रातो हुने र चिलाउने समस्या नै एक्जिमा हो । वर्षात्को पानीमा भिजेपछि शरीर राम्रोसँग सफा नगर्दा एक्जिमा हुन्छ।

-ब्याक्टेरिया संक्रमणबाट फंगल इन्फेक्सन हुन्छ । हातखुट्टाका कापमा इन्फेक्सन हुन्छ । र, यो सार्वजनिक शौचालय, तौलिया र भाँडाकुँडामार्फत एक–अर्कामा सर्छ । फंगल इन्फेक्सन कुनै अंगमा मात्र नभई शरीरभर फैलिन्छ ।

-यहीवेला खुट्टाका औँलाको कापमा ‘टिनिया पोडिस’ वा ‘एथलिट्स फसट’ नामक ढुसी पैदा गर्ने ब्याक्टेरियाको संक्रमण हुन सक्छ । छाला चिलाउने, पोल्ने, फोका उठ्ने समस्या आउँछन् ।

-खुट्टामा हिलोले खाने समस्या गाउँघरमा सामान्यझैँ लाग्छ । खेतबारीमा लामो समय काम गर्दा, खाली खुट्टा हिँड्दा र चिसो जुत्ता वा मोजा लगाउँदा खुट्टामा फंगल इन्फेक्सन हुन्छ । समयमै उपचार नगरिए यसले छाला पाक्ने, पिप आउने, दुख्ने र चिलाउने समस्या निम्त्याउँछ । त्यसैले भिजेको जुत्ता, चप्पल र मोजा नलगाऔँ । वर्षामा भिजेपछि सफा कपडाले शरीर पुछौँ र सुक्खा लुगा लगाऔँ । हिलोमा खाली खुट्टा नहिँडौँ ।