१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार १६ मंगलबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार

माइक्रोबस चोरी आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार २०:४०:००

माइक्रोबस चोरीको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका– १ बस्ने २७ वर्षीय गजेन्द्र परियारलाई सुन्दरबजार नगरपालिका– २ हाडेटारबाट प्रहरीले सोमबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार परियारले बेंसीसहर नगरपालिका– २ भकुण्डे बस्ने राजेश धितालको घरनजिकै सडकमा पार्किङ गरी राखेको बा.२ख ७९६७ नम्बरको माइक्रोबस (हाइस) १४ असार राति चोरेका थिए । पक्राउ परेका परियारको चोरी मुद्दामा जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।