मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १६ मंगलबार २०:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश ५ मा कोरोना संक्रमित ३७४८ पुगे 

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार २०:३०:००

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या तीन हजार सात सय ४८ पुगेको छ । यहाँका तीन जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा पनि बढी छ । कुल संक्रमितमध्ये महिला चार सय चार र पुरुष तीन हजार तीन सय ४४ छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार ४४ संक्रमित थपिएका छ । जसमा महिला सात र पुरुष ३७ छन् ।  

कुन जिल्लामा कति संक्रमित ?
निर्देशनालयका अनुसार सबैभन्दा बढी संक्रमित कपिलवस्तुमा सात सय ३६ जना छन । निर्देशनालयका तथ्यांक अधिकृतसमेत रहेका सूचना अधिकारी मनबहादुर वलीका अनुसार दाङमा पाँच सय ८३, पाल्पा पाँच सय १३ संक्रमित छन् । यस्तै,  बाँकेमा तीन सय ६०, गुल्मीमा तीन सय २४, अर्घाखाँचीमा तीन सय १९, रुपन्देहीमा तीन सय आठ,  प्युठानमा तीन सय चार, बर्दियामा एक सय ६५, नवलपरासी पश्चिममा ८४, रोल्पामा ४८ र रुकुम पूर्वमा चारजनामा कोरोना संक्रमण देखिएको छ । 

यस प्रदेशमा पिसिआर परीक्षणका लागि संकलन गरिएको करिब चार हजार नमुना परीक्षणकोे प्रक्रियामा छ ।  प्रदेशका विभिन्न जिल्लामा रहेका १७ सय ७१ क्वारेन्टाइनमा करिब १२ हजार सर्वसाधारण बसेका छन् ।