१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार १६ मंगलबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा देखियो सलह

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार १६ मंगलबार १७:०४:००

कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । मंगलबार कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा सलह देखिए हो । कृषि अनुसन्धान केन्द्रमा सानो संख्यामा सलह फेला परेको कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतका केन्द्र प्रमुख बन्दुराज बरालले बताए । ‘कतैबाट छुट्टिएर आएको सानो संख्यामा सलह देखेका छौँ,’ उनले भने, ‘कर्णालीमा सलह आएको छ । सानो संख्या भएर किसानले चिन्नुभएको छैन ।’

सानो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर नपार्ने प्रमुख बरालले बताए । ‘सानो संख्यामा रहेको सलहले त्यति क्षति गर्दैन,’ उनले भने, ‘तर, भारतबाट ठूलो संख्यामा सलह आउन सक्छ । त्यसमा सचेत रहन जरुरी रहेको छ ।’ कर्णालीमा छुट्टिएर आएको सलह सबैतिर फैलिएको हुन सक्ने प्रमुख बरालले बताए । ‘फ्टयाङ्ग्राजस्तै हुने भएकाले किसानले फ्टयाङ्ग्रा सोच्नुभएको होला,’ उनले भने, ‘त्यो भएर यो संख्या बढ्न सक्छ ।’

कर्णालीमा पहिलोपटक सलह आएको जानकारी पाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले बताए । ‘दशरथपुरमा सलह भेटिएको छ,’ उनले भने, ‘यसको नियन्त्रणका लागि प्रदेश सरकारले चाँडै कदम चाल्नेछ ।’