१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १६ मंगलबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भारत कोरोनामुक्त घोषणा नभएसम्म प्रदेश १ मा  जोखिम कम हुँदैन ’

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १७:०१:००

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले छिमेकी देश भारत कोरोनामुक्त भएको घोषणा नभएसम्म १ नम्बर प्रदेशमा पनि कोरोना पूर्ण रूपमा नियन्त्रण हुन नसक्ने बताएका छन् ।
 
मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै मन्त्री घिमिरेले दोस्रो र तेस्रो मुलुकबाट आएका मानिसहरूलाई होल्डिङ एरियामा राखेर सम्बन्धित पालिकाहरूको क्वारेन्टाइनमा पठाउने क्रम जारी रहेको जानकारी गराए । 

मन्त्री घिमिरेले अझै पनि भारतबाट आउने नेपालीहरू प्रायः कोरोना संक्रमित फेला परिरहेकोले भारत कोरोनामुक्त घोषणा नभएसम्म १ नम्बर प्रदेश कोरोनामुक्त हुन नसक्ने दाबी गरे । 

मन्त्री घिमिरेले सामाजिक दूरी बनाएर दैनिक जीवन सहज बनाउन आह्वान गरिए पनि पछिल्लो समय भिडभाड बढ्दा कोरोना संक्रमणको जोखिम पनि बढेको बताए ।