मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार १५:३७:००
Read Time : < 1 मिनेट
सेयर बजार

लगानीकर्ता हौसिएर सेयर बजार बढ्दा एकैदिन तीनपटक सर्किट ब्रेक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार १५:३७:००

अपेक्षाविपरीत मंगलबार सेयर बजारमा उच्च वृद्धि हुन पुग्दा तीनपटक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिन बजार ओरालो लाग्ने क्रममा सर्किट ब्रेक लागेपछि बजार सुधारिने क्रममा थियो ।

मंगलबार बजार खुलेदेखि नै बढ्ने क्रममा रह्यो । दिउँसो १ बजे नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि पूरै दिनका लागि बजार बन्द भएको छ । 

सोमबारको कारोबार देखेर लगानीकर्ताहरू हौसिएका थिए । अपेक्षाअनुसार बजार नघट्ने सम्भावना देखिएको भन्दै लगानीकर्ताहरूले लगानी बढाएका हुन् ।

यद्यपि बजारको प्रवृत्ति यकिन गर्न केही दिनको कारोबार हेर्नुपर्ने विश्लेषकहरू सुझाउँछन् । 

‘अर्थतन्त्रमा समस्याहरू देखिइरहेकाले अहिले नै हतारमा निर्णय गर्नु ठीक होइन,’ एक विश्लेषकले भने, ‘बजार घट्छ नै भन्ने होइन, तर बढ्नसमेत ठोस कारणहरू चाहिने भएकाले संयमित हुनुपर्ने अवस्था भने छ ।’ 

तीन महिना बन्दपछि खुलेको बजारमा लगानीकर्ताहरू उत्साहित हुँदा बजारमा उच्च वृद्धि देखिएको हो ।

मंगलबार पूर्ण समय बजार खुल्न नपाएको कारण कारोबार रकममा समेत लगभग ५० प्रतिशतले कमी आएको छ । 

कुल २२ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एक सय १३ कम्पनीको मूल्य बढेर कारोबार भएको छ भने  १३ कम्पनीको मूल्य घटेको छ । 

जीवनबिमा कम्पनीहरूको मूल्य १० प्रतिशतसम्म बढेको छ । कारोबारमा आएको होटेल र सामूहिक लगानी कोष समूहकाे भने घटेको छ ।