सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
रमेश रावल वीरेन्द्रनगर
२०७७ असार १६ मंगलबार १५:०१:००
कोरोना अपडेट

कर्णालीमा मंगलबार १६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४४३ पुग्यो

रमेश रावल, वीरेन्द्रनगर
२०७७ असार १६ मंगलबार १५:०१:००

कर्णालीमा मंगलबार १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अञ्चल अस्पताल बाँकेमा गरिएको परीक्षणमा कोरोना ११ जना संक्रमित फेला परेका हुन् । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा १२ जना र भेरी अञ्चल अस्पताल बाँकेमा गरिएको परीक्षणमा चारजनामा कोरोनाको संक्रमण देखिएको हो । 

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा  रुकुम पश्चिमका आठजना, दैलेखका तीनजना, बाँकेका एकजना र भेरी अञ्चल अस्पताल बाँकेमा गरिएको परीक्षणमा डोल्पाका दुईजना, कालिकोटका दुईजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । ‘कर्णालीमा आज १६ जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘हालसम्म कर्णालीमा १४४३ पुगेका छन् ।’

त्यस्तै, दैलेख जिल्लाको महावु गाउँपालिकाको आइसोलेसनबाट ५६ जना, भैरवी गाउँपालिकाको आइसोलेसनबाट पाँचजना, प्रदेश अस्पताल सुर्खेतबाट नाैजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एकजनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । ‘कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या १०७२ पुगेको छ,’ उनले भने, ‘हाल कोरोना संक्रमित  बिरामी तीन सय ६५ जना मात्र रहेका छन् ।’

छुटाउनुभयो की ?