मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १६ मंगलबार १४:००:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

जोखिम भत्ता नदिएको भन्दै सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी सबै स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १४:००:००

महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । 

गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य चौकी, क्वारेन्टाइन र हेल्प डेस्कमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी गाउँपालिकाबाट प्रतिबद्धता जनाइएको जोखिम भत्ता नपाएको भन्दै गत १४ असारदेखि सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन् । 

पाँच स्वास्थ्य चौकी, १२ क्वारेन्टाइन रहेको सम्सी गाउँपालिकामा स्वास्थ्यकर्मीहरू आन्दोलित हुँदा  ठाउँ अभावकै कारण क्वारेन्टाइनमै आइसोलेट गरिएका दुई सय ७५ भन्दा बढी कोरोना संक्रमितको समेत नियमित स्वास्थ्य चेकजाँच प्रभावित भएको छ । 

स्वास्थ्यकर्मीले माग सम्बोधन नभए आन्दोलन थप कडा बनाउने र गाउँपालिकाको कार्यालयमा नै ताल्चा लगाउने चेतावनी दिएका छन् । 

स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा समेत ज्ञापनपत्र बुझाएका छन् । 

गाउँपालिकाले नै कार्यपालिकाबाट निर्णय गरेर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दैनिक एक हजारको दरले दिने निर्णय गरे पनि सम्सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले रकम दिन आलटाल गरेको आरोप लगाउँदै स्वास्थ्यकर्मीहरू आन्दोलनमा होमिएका हुन् । 

स्वास्थ्यकर्मीहरूको आन्दोलनले कोरोना संक्रमितको नियमित चेकजाँचका साथै आकस्मिक, सुत्केरी सेवा, गर्भवती सेवा, बहिरंग सेवालगायतका सम्पूर्ण सेवा बन्द भएको छ । 

सम्सी गाउँपालिका कोरोनाको हटस्पटका रूपमा रहेको छ । 

जिल्लामा सबैभन्दा बढी कोरोना संक्रमित यस गाउँपालिकामा छन् ।