मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १६ मंगलबार १२:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मंगलबारको स्थायी समिति बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १६ मंगलबार १२:१६:००

नेपाल कम्युनिस्ट पार्टी नेकपाको काठमाडौंमा जारी स्थायी समिति बैठक मंगलबार सुरु हुनुअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।

नेकपाभित्र अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकको मंगलबारको बैठक सुरु हुनु ठीकअघि राष्ट्रपति भण्डारीसँग भेट वार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेर फर्केपछि मंगलबारको स्थायी समितिको बैठक सुरु भएको थियो । 

सत्तारुढ दल नेकपाभित्र पछिल्ला दिनमा अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री र राष्ट्रपतिबीचको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको एक विश्लेषकले बताए । 

यसअघि पनि पार्टीभित्र अन्तरविरोध चर्किएका वेला अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए । 

राष्ट्रपति भण्डारीले कतिपय मुद्दामा नेकपाका शीर्ष नेताहरूबीच समन्वयकारी भूमिका खेलेको सार्वजनिक भएको थियो । 

राष्ट्रपति भण्डारीले कतिपय विषयमा नेताद्वय ओली र दाहाललाई भेटेर कुरा गर्ने पनि गरेकी थिइन् । 

बालुवाटार स्रोतले भने यो नियमित भेट भएको बताएको छ ।