सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १६ मंगलबार ११:५९:००
मुख्य समाचार

नेकपाको स्थायी समिति बैठक बालुवाटारमा सुरु, आज शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने

२०७७ असार १६ मंगलबार ११:५९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को काठमाडौंमा जारी स्थायी समिति बैठक मंगलबार पनि सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बोल्न बाँकी रहेका चारजना शीर्ष नेताले आज बोल्ने जनाइएको छ । 

आज नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालले स्थायी समितिमा आ–आफ्नो धारणा राख्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी नेताहरू विष्णु पौडेल र रामबहादुर थापाले पनि आजको बैठकमा आ–आफ्नो धारणा राख्ने प्रवक्ता श्रेष्ठले बताए । 

मंगलबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । 

आजको बैठकमा केही दिनअघि प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेपछि भारत र नेपालका पनि केही नेताहरू आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको जनाएका थिए । 

सो विषयमा आज बोल्ने शीर्ष नेताहरूले बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग थप प्रश्न राख्न सक्ने स्रोतले जनाएको छ । 

नेकपाको स्थायी समिति बैठकमा भातरसँगको सीमा समस्या र समाधानमाथि छलफल चलिरहेको छ । 

यही १० असारबाट सुरु भएको स्थायी समिति बैठक असार १२ र १३ गते पनि बसेको थियो । 

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहालसहित ३९ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । 

नेकपाको स्थायी समितिमा कुल ४५ जना सदस्य छन् । 

छुटाउनुभयो की ?