Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार १६ मंगलबार ११:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सवारी दुर्घटनामा आमाछोराको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार ११:३४:००

सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलोमा सवारी दुर्घटना भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको मकवानपुर हेटौँडा–५ सिँचाइ टोलनिवासी धिताल परिवार सवार बा.१३च ५९२९ नम्बरको स्कार्पियोे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा धिताल परिवारका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा आमा प्रभा गौतम र छोरा अनुज धितालको मृत्यु भएको हो । आमा प्रभाको घटनास्थलबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार छोरा अनुजको उपचारका क्रममा आज मंगलबार बिहान मृत्यु भएको हो ।

धिताल परिवारकै बाबु कृष्ण धिताल, छोरी वर्षा धिताल र चालक राजन घिमिरे घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरूको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते कृष्ण धिताल मकवानपुर जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष हुन् ।