मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १६ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

गुल्मीमा कोरोना जित्नेको संख्या ८७ पुग्यो

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १०:२३:००

गुल्मीमा कोरोना जित्नेको संख्या ८७ पुगेको छ ।  जसमा ७८ पुरुष र नौजना महिला छन् । जिल्लाको रेसुंगा नगरपालिकाबाट ३६, रुरु क्षेत्र गाउँपालिकाबाट १६, इस्मा गाउँपालिकाबाट १७, मालिकाबाट चार, चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटबाट एक–एकजना डिस्चार्ज भएका छन् । त्यस्तै, गुल्मी दरबार गाउँपालिकाबाट चार र सत्यवती गाउँपालिकाबाट ६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी घर पठाउन सुरु गरिएको छ । रेसुंगा नगरपालिकाले कोरोना संक्रमण भएको १४ दिनसम्म आइसोलेसनमा कुनै लक्षण नदेखिएका १३ जनालाई दोस्रो परीक्षण नगरी डिस्चार्ज गरेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने भएकाले स्थानीय तहहरूलाई त्यहीअनुसारको सल्लाह दिइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । 

संक्रमितको संख्या तीन सय २४ पुग्यो
गुल्मीमा अहिलेसम्म तीन सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ४३ जना, मुसिकोट नगरपालिकामा १५, रुरु क्षेत्र गाउँपालिकामा ३१, छत्रकोटमा ४४, मालिकामा १३, इस्मा गाउँपालिकमा ५७, चन्द्रकोटमा १८, कालिगण्डकीमा एक, धुर्कोटमा ३१, गुल्मी दरबारमा ५४, सत्यवती ११ र मदानेमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।

अहिलेसम्म इस्मा गाउँपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सोमबार अबेर मात्रै जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । रुरु क्षेत्र गाउँपालिकाका आठ, गुल्मी दरबार गाउँपालिकाका २१ र छत्रकोट गाउँपालिकाका आठजना संक्रमित थपिएका हुन् ।