मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार १६ मंगलबार १०:१४:००
Read Time : < 1 मिनेट
समाचार

कोसी राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार १६ मंगलबार १०:१४:००

कोसी राजमार्गअन्तर्गतको धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुँदा ट्रकचालकको मृत्यु भएको छ । विराटनगरबाट फलाम, रडलगायतका सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको  को.१ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुँदा ट्रकचालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

ट्रकका सहचालक तथा गाडीमालिक मानबहादुर कार्की भने सामान्य घाइते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा छन् । दुर्घटनामा मृत्यु  भएका चालक श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको छ ।

अनियन्त्रित भई ट्रक पल्टिँदा सडकछेउमा रहेको स्थानीय अर्पणा लिम्बूको घर किचेको छ । ट्रकले घर किच्दा लिम्बूकी १२ वर्षीया छोरी अजुनु लिम्बू सामान्य घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।