१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका महेन्द्रनगर
२०७७ असार १६ मंगलबार ०९:४९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

प्रतिरोधी क्षमता बढाउन ‘बडी डिटक्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
२०७७ असार १६ मंगलबार ०९:४९:००

कोभिड–१९ महामारीका वेला खटिएका जनप्रतिनिधि र कर्मचारीको आत्मबल तथा रोगप्रतिरोधात्मक क्षमता बढाउन कञ्चनपुर महेन्द्रनगरमा ‘बडी डिटक्स’ शिविर सञ्चालन गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकासँगको सहकार्यमा खेलकुद प्रवर्द्धन संस्था नेपालले शरीर शुद्धीकरण शिविर सञ्चालन गरेको हो । सोमबारदेखि सुरु भएको शिविरमा ३० जना सहभागी छन् ।

नेपालमा नाथ योग परम्परा विषयमा विद्यावारिधि गरेका डा. टिपी धमला र योग रिसर्चर तथा संस्थाका अध्यक्ष पुष्करराज पन्तले प्रशिक्षण दिइरहेका छन् । अहिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिइरहेकाले उनीहरूको आत्मबल र रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक भएको रिसर्चर पन्तले बताए ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले लामो समयदेखि कोरोनाविरुद्धको लडाइँमा जुटिरहेका जनप्रतिनिधि र कर्मचारीमा ऊर्जा भर्न योग तथा बडी डिटेक्स शिविर सञ्चालन गरिएको बताए । भौतिक दूरी कायम गर्दै शिविर सञ्चालन भइरहेको छ ।