सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १६ मंगलबार ०६:५०:००
समाचार

आपसमा विवाद हुँदा ढुंगाले हानेर साथीको हत्या

२०७७ असार १६ मंगलबार ०६:५०:००

आपसमा भनाभन हुँदा भक्तपुरमा एक व्यक्तिले ढुंगाले हानेर साथीको हत्या गरेका छन् । काभ्रेको पनौती घर भएका अन्दाजी ४५ वर्षीय कृष्ण तामाङलाई सिन्धुलीका इन्द्रबहादुर तामाङले ढुंगाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । 

दिनभरि जडीबुटी बेच्ने र स्थानीय पाटीमा सुत्ने मृतक तामाङको शव सोमबार बिहान ९ बजे ग:हिटी टोलमा रहेको पाटीमा छोपिराखेको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि सोधपुछ गर्दा मृतक तामाङसँगै बस्ने सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का तामाङले आपसमा विवाद हुँदा ढुंगाले हानेर मारेको स्वीकार गरेका छन् ।

इन्द्रबहादुर पनि दिनभरि गःहिटी टोलमा भारी बोक्ने र बेलुकी पाटीमै सुत्ने गर्दथे । मृतक तामाङलाई स्थानीयले झौखेलस्थित मानव सेवा आश्रममा पुर्‍याए पनि उनी त्यहाँबाट भागेर बाहिर आएका खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङको टाउको, निधार र चिउँडोमा चोट लागेको छ । उनको शव पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए । 

छुटाउनुभयो की ?