मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १६ मंगलबार ०५:४६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोभिड-१९ महामारी : नबिर्सिऔँ भौतिक दूरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १६ मंगलबार ०५:४६:००

-कोरोना संक्रमणको जोखिम कहिलेसम्म रहन्छ भन्ने विषय निरुत्तर छ । संक्रमण नियन्त्रणमा चिकित्सा क्षेत्र लागिपरेको छ । तर, ठोस नतिजा अझै आएको छैन ।

-भाइरसको प्रकृतिबारे धेरै जानकारी प्राप्त भएका छैनन् । यही अनिश्चितताबीच सबैजसो मुलुकले लामो लकडाउन झेलिरहेका छन् । अधिकांश मुलुक लकडाउन खुकुलो बनाउने अभ्यासमा छन् । तर, संक्रमणको जोखिम उस्तै छ ।

-स्वास्थ्यविज्ञहरूले तत्काल संक्रमण नियन्त्रण चुनौतीपूर्ण रहेकाले केही समय कोरोनासँगै बाँच्नुको विकल्प नरहेको बताएका छन् ।

-विश्वभर नै संक्रमित थपिँदै जाँदा कोभिड–१९ महामारी दोस्रो चरणमा अझ नियन्त्रणबाहिर रहने अनुमान भने गलत साबित 
भएको छ । स्वास्थ्यविज्ञहरूले महामारी पहिलो चरणमै रहेको बताएका छन् ।

-तर, भीडभाडयुक्त सहरी क्षेत्रबाट संक्रमण गाउँतिर फैलिने क्रममा छ । त्यसबाट भने विज्ञहरू चिन्तित देखिन्छन् ।

-लकडाउन खुकुलो बन्दै जाँदा सार्वजनिक स्थलको कम प्रयोग गर्न चिकित्सकहरूले सुझाब दिएका छन् ।

-लकडाउन खुकुलो बन्दा कोरोना संक्रमणको जोखिम नै नरहेको ठानेर भौतिक दूरी, मास्क र स्यानिटाइजर प्रयोगप्रति बेवास्ता बढ्दै गएको छ । यस्तो बेवास्ताले समस्या अझ बढाउने विज्ञहरू बताउँछन् ।

-खासगरी, लक्षण नदेखिने संक्रमण बढ्ने कुरामा विश्व स्वास्थ्य संगठनलगायतले चिन्ता व्यक्त गरिरहेका छन् । याद राखौँ, कोरोना भाइरसको संक्रमण घटेको छैन । सामान्य आर्थिक गतिविधि सुरु गर्न मात्र लकडाउन खुकुलो बनाइएको हो ।

-त्यसैले संक्रमणको जोखिम न्यूनीकरणका लागि भौतिक दूरीको पालना अनिवार्य छ ।

-कोरोना भाइरस नियन्त्रणमा लिन केही समय लाग्ने भएकाले संक्रमणको जोखिमसँगै दैनिकी अगाडि बढाउनुको विकल्प पनि छैन ।

-त्यसैले घरबाहिर निस्किँदा मास्क अनिवार्य प्रयोगमा ध्यान दिऔँ । एक–अर्कासँग कम्तीमा एक मिटरको दूरीमा रहौँ । सरसफाइमा ध्यान दिऔँ । र, कोरोनासँगै बाँच्ने अभ्यास कायम राखौँ ।