मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार १५ सोमबार २२:५३:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोले छेडा–खलंगा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार २२:५३:००

तीन दिनदेखि लगातार परेको वर्षा र पहिरोका कारण जाजरकोट जोड्ने छेडा–खलंगा सडक अवरुद्ध भएको छ । 

आइतबार रातिदेखि नै अवरुद्ध भएको सडकका विभिन्न स्थानमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत छेडाबजार–खलंगा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयभन्दा बढी सवारीसाधन बीचबाटोमै रोकिएका छन् । भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भाँसिएको छ । यस्तै जाजरकोट–खलंगा पाँचकाटिया हुँदै कुसे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोड्ने सडक पनि अवरुद्ध भएको छ । लगातारको पानी परिरहेका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने निश्चित नभएको प्रजिअ पन्तले बताए । उनले भने, ‘सडक डिभिजनबाट भत्किएको ठाउँमा निर्माण भइरहेको छ । जति सक्दो छिटो निर्माण गर्ने तयारी छौँ ।’ यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खाल पनि भत्किएको छ । शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीनवटा घर भत्किएका छन् । 

एक शिशु बेपत्ता, एक घाइते 
जाजरकोटको भेरी नगरपालिका– ११ स्थित महतारा गाउँको पाटेखोलामा आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिनाका शिशु बेपत्ता भएका छन् ।
लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयले उद्धार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज पठाएको प्रजिअ पन्तले बताए ।