मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार २१:१२:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा टिकटक प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार २१:१२:००

भारत सरकारले टिकटकसहितका चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको छ । टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो।

सेयरइट, युसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप प्रतिबन्ध भएका हुन् ।

लद्दाखमा भारत र चीनका सेनाबीच भएको तनावमा २० भारतीय सैनिक मारिएका थिए ।

दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्दको निर्णय गरेको हो ।

भारतमा चिनियाँ सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।

यी हुन् भारतले प्रतिबन्धलगायका ५९ एप