१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १५ सोमबार २०:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ बाट आठमहिने बालिकासहित १४ जना कोरोनामुक्त भई घर फर्किए 

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार २०:२८:००

प्रदेश १ मा १४ जना कोरोनामुक्त भई सोमबार घर फर्किएका भएका छन् । कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरङका चार, सुनसरीका तीन र पाँचथरका एकजना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेहरूमा विराटनगर– १० की आठमहिने बालिकादेखि ५४ वर्षसम्मका रहेका छन् । उनीहरू कोभिड उपचार केन्द्रमा २७ जेठदेखि ५ असारसम्म भर्ना भएको कोभिड– १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए । योसहित प्रदेश १ बाट कोरोनामुक्त भई डिस्चार्ज हुने तीन सय ९२ पुगेका छन् ।