मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७७ असार १५ सोमबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

Read Time : < 1 मिनेट
रासस
२०७७ असार १५ सोमबार १८:४६:००

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आर्थिक वर्ष ०७७/७८ को सेवा र कार्यका लागि संघीय  सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र  नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । 
    
त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक उनले  प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको उल्लेख छ ।