१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार १८:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

गायक राजनराज अभिनीत ‘तिमी उता म यता...’ गीतको भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार १८:१४:००

संगीतकार तथा गायक राजनराज सिवाकोटीको अभिनय रहेको गीत तिमी उता म यता... सार्वजनिक भएको छ । यो गीतमा स्वर, शब्द तथा संगीत  सिवाकोटीकै रहेको छ । उनलाई युगल गायनमा मिलन नेवारले साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका हुन् । 

बाल कलाकारको रूपमा राजनराजकी छोरी आरिश्मा सिवाकोटीले अभिनय गरेकी छिन् । ‘पहिलोपटक अभिनय गरेको छु, दर्शकको कस्तो प्रतिक्रिया आउँछ हेर्न बाँकी छ,’ राजनराज भन्छन्, ‘मेरो गीत–संगीतलाई जस्तै भिडियोलाई पनि माया पाउने अपेक्षा गरेको छु ।’ गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् ।