मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १५ सोमबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार

आपसमा विवाद हुँदा ढुंगाले हानेर साथीको हत्या

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार १६:५८:००

भक्तपुरमा आपसमा भनाभन हुँदा एक व्यक्तिले ढुंगाले हानेर साथीको हत्या गरेका छन् । काभ्रेको पनौती घर भएका अन्दाजी ४५ वर्षीय कृष्ण तामाङलाई सिन्धुलीका इन्द्रबहादुर तामाङले ढुंगाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुर डिएसपी दीपक गिरीले जानकारी दिए । 

दिनभरि जडीबुटी बेच्ने र स्थानीय पाटीहरूमा सुत्ने मृतक तामाङको शव सोमबार बिहान नौ बजे गःहिटी टोलमा रहेको पाटीमा छोपेर राखेको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि सोधपुछ गर्दा मृतक तामाङसँगै बस्ने सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का तामाङले आपसमा विवाद हुँदा ढुंगाले हानेर मारेको स्वीकार गरेका छन् । 

इन्द्रबहादुर पनि दिनभरि गःहिटी टोलमा भारी बोक्ने र बेलुकी पाटीमै सुत्ने गर्दथे । मृतक तामाङलाई भने स्थानीयले झौखेलस्थित मानव सेवा आश्रममा पुऱ्याए पनि उनी त्यहाँबाट भागेर बाहिर आएका खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङको टाउको, निधार र चिउँडोमा चोट लागेको छ । उनको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।