१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार १२:०५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

विश्व कोरोना मिटर : कोरोना संक्रमित हुनेको संख्या एक करोड नाघ्याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार १२:०५:००

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । यो समाचार तयार पर्दासम्म विश्वमा एक करोड दुई लाख ४९ हजार सात सय ४१ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् । 

त्यसैगरी कुल संक्रमितको झन्डै ५ प्रतिशतले भने कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ । संक्रमणका कारण पाँच लाख चार हजार चार सय ९० जनाको निधन भएको छ । यो कुल संक्रमितमध्ये ४.९२ प्रतिशत हो । 

त्यसैगरी कुल संक्रमितमध्ये ५५ लाख ५७ हजार नाै सय ७४ जनाले भने कोरोनामाथि विजय प्राप्त गर्न सफल भएका छन् । अर्थात् उनीहरू कोरोना संक्रमणबाट निको भएको छ । 

विश्वमा सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएको छ । जहाँ २६ लाख ३७ हजार ७७ जना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । अमेरिकामा एक लाख २८ हजार चार सय ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । 

दोस्रो बढी संक्रमण फैलिएको देशका रूपमा ब्राजिल रहेको छ । जहाँ १३ लाख ४५ हजार दुई सय ५४ जनामा कोरोना संक्रमण पाइएको छ । ब्राजिलमा कोरोना संक्रमणका कारण ५७ हजार ६ सय ५८ जनाको ज्यान गएको छ । 

तेस्रो बढी कोरोना संक्रमण भएको देश रुस हो । रुसमा अहिलेसम्म ६ लाख ३४ हजार चार सय ३७ जना कोरोनाबाट संक्रमित भएका छन् । यहाँ अहिलेसम्म कोरोनाबाट नाै हजार ७३ जनाको ज्यान गएको छ । 

चौथो बढी कोरोना संक्रमित भएको देशका रूपमा भारत रहेको छ । भारतमा अहिलेसम्म पाँच लाख ४९ हजार एक सय ९७ जनामा कोरोना संक्रमण पाइएको छ । यहाँ १६ हजार चार सय ८७ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनुपरेको छ । 

पाँचौँ कोरोना बढी संक्रमित भएको देशका रुपमा बेलायत रहेको छ । बेलायतमा अहिलेसम्म तीन लाख ११ हजार एक सय ५१ जनामा कोरोनाको संक्रमण फैलिएको छ । यहाँ ४३ हजार पाँच सय ५० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाउनुपरेको छ । 

सन् २०१९ को अन्तिम महिना अर्थात् डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखापरेको कोरोना भाइरस अहिलेसम्म विश्वको दुई सय १५ देशमा फैलिइसकेको छ । 

यसको नियन्त्रणका लागि विश्वका अधिकांश देशका सम्पूर्ण भूभाग तथा केही निश्चित भूभागमा लकडाउनका उपायहरू अवलम्बन गरिएका थिए । अहिले विश्वका अधिकांश देशले लकडाउनलाई केही खुकुलो पार्दै, तर सावधानीका साथ दैनिकीलाई सामान्य बनाउने प्रयास गरिरहेका छन् ।