१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार १५ सोमबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार

पहिरोको डरले रातभरि निदाउँदैनन् याम्फुदिनका बासिन्दा 

Read Time : < 1 मिनेट
२०७७ असार १५ सोमबार १०:४६:००

ताप्लेजुङ जिल्लाको दुर्गम गाउँ याम्फुदिनका बासिन्दा वर्षा हुन थालेपछि रातभरि निदाउन सक्दैनन् । सिरिजंघा– ७ याम्फुदिनका करिब ७० घरका स्थानीयलाई पहिरोको पीरले बर्सेनि सताउने गरेको छ । ‘यहाँ छोडेर अन्त जाने ठाउँ पनि छैन, पहिरो र खोलाको पीरले न दिनमा भोक छ न रातमा निद्रा,’ स्थानीय अविरमान राईले पीडा पोखे । 

याम्फुदिनको सामेखामका २० घर, नेपु, डडेले र बतासेका ३१ घर, तुम्या गाउँका पाँच घरलाई तुम्याखोलाले छेकेको राईले बताए । उनले भने, ‘पानी परेर तुम्या खोलो बढेपछि गाउँपालिकाको केन्द्र तेल्लोक तथा सदरमुकामबाट यी गाउँमा जाने बाटो बन्द हुन्छ । यी गाउँ र थुंगिमलाई जोड्ने तुम्या खोलामा रहेको पुल गत वर्ष बाढीले बगाएपछि यी गाउँका ५६ घरका मान्छेलाई आवतजावत गर्न नै समस्या भएको छ ।’

थुंगिम बजारको छेउ तुम्याखोलाको किनारमा गत वर्ष ७२ लाखको लगानीमा बनाएको स्वास्थ्य चौकी भवन पनि बगाउन लागेको राईले बताए ।