१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १५ सोमबार १०:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

इम्युनिटी बढाउन उपयोगी कुरिलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १५ सोमबार १०:१८:००

- यतिवेला मौसमी तरकारीका रूपमा कुरिलो बजारमा उपलब्ध छ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन यो उपयुक्त तरकारी मानिन्छ । कुरिलोमा चिल्लो पदार्थ हुँदैन । भिटामिन ए, सी, ई र के प्रशस्त मात्रामा पाइन्छन् । फाइबर, पोटासियम, फोलेट र प्रोटिन पाइने हुँदा स्वास्थ्यवर्द्धक मानिन्छ ।

- कुरिलोलाई सुप वा तरकारीका रूपमा खान सकिन्छ । हरियो र बफ्याइएको कुरिलोलाई सलाद बनाउने चलन छ ।

- कोरोना भाइरस संक्रमण रोक्न शरीरको प्रतिरोधात्मक क्षमतालाई मुख्य विकल्प मानिएको छ । किनकि, यसविरुद्ध खोप र औषधि तयार भएको छैन । स्वस्थ खानपान र जीवनशैली नै रोगप्रतिरोधात्मक क्षमता बढाउने मुख्य आधार हुन् । स्वस्थ खानपानका दृष्टिले कुरिलो यसमा सहयोगी बन्न सक्छ ।

- कुरिलोमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरका कोषिकामा रहने हानिकारक अक्सिटेटिभ स्ट्रेस र रेडिकलको मात्रा घटाउँछ । अक्सिटेटिभ स्ट्रेसले कोषमा रहेको प्रतिरोधी क्षमतामा असर पार्छ । कुरिलोमा पाइने फ्लाभनोइड क्युरेस्टिन र केम्फेरोलजस्ता तत्वले शरीरमा रक्तचाप नियन्त्रण, एन्टिइन्फ्लेमेन्टरी र एन्टिभाइरलको काम गर्छन् ।

- क्यालोरीको मात्रा कम तर अन्य पौष्टिक तत्व प्रशस्त पाइने हुनाले कुरिलो स्वस्थकर तरकारी मानिएको हो । कुरिलोलाई औषधिजन्य वनस्पति पनि मानिन्छ । आयुर्वेदमा यसलाई बुद्धिवद्र्धक वनस्पति भनिएको छ ।