Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
२०७७ असार १४ आइतबार २१:२२:००
समाचार

जिन सिक्वेन्सिङमा ६ चिकित्सकसँग स्पष्टीकरण सोधेको स्वास्थ्य अनुसन्धान परिषद् आफैँ नमुना विदेश पठाउँदै

२०७७ असार १४ आइतबार २१:२२:००

जिन सिक्वेन्सिङ गराएका ६ चिकित्सकलाई स्पष्टीकरण सोधेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोही प्रयोजनका लागि १५ नमुना विदेश पठाउने भएको छ । नेपालमा देखिएको कोरोना भाइरसको अवस्थाबारे जानकारी राख्न परिषद्ले विश्व स्वास्थ्य संगठनसँग मिलेर हङकङस्थित विश्व स्वास्थ्य संगठनको डेजिगनेटेड सेन्टरमा नमुना पठाउने भएको हो ।
परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार कोरोना संक्रमण भई विभिन्न मुलुकबाट आएका व्यक्ति, मृत्यु भएका, महिला, पुरुष गरी भिन्नभिन्न १५ नमुना पठाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई अनुरोध गरिएको छ । नेपालको पहिलो कोरोना संक्रमितको नमुना अवैध रूपमा विदेश पठाएको भन्दै २९ वैशाख ०७७ मा परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ११औँ तहका चिकित्सकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

१३ जनवरी ०२० मा चीनको वुहानबाट फर्किएका नेपाली विद्यार्थी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका थिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा रहेको नेसनल इन्फ्युएन्जा सेन्टरमा स्वाब परीक्षण गर्दा इन्फ्युएन्जा नेगेटिभ आएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र नेपालस्थित विश्व स्वास्थ्य संगठनको संयुक्त छलफलबाट थप परीक्षणका लागि हङकङस्थित डब्ल्युएचओको डेजिगनेटेड सेन्टरमा नमुना पठाइएको थियो । उक्त नमुनासँग आबद्ध भएका चिकित्सकहरू डा. रुणा झा, डा. विवेककुमार लाल, डा. वासुदेव पाण्डे, डा. अनुप बाँस्तोला, डा. हेमन्त ओझा र डा. रञ्जित साहलाई परिषद्ले स्पष्टीकरण सोधेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अगुवाइमा हङकङ, बेलायत, साउदी अरब र जापानका विज्ञको सहभागितामा भाइरसको प्रभावकारिता जाँच गरी ‘माइक्रोबायोलोजी रिसर्च एनाउन्समेन्ट’ मा अनुसन्धानमूलक लेख प्रकाशित गरेका थिए । 

स्पष्टीकरण राजनीतिक आस्थाले सोधिएको होइन :  ज्ञवाली 
परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली बाहिर हल्ला भएजस्तो कुनै राजनीतिक आस्थाले स्पष्टीकरण नसोधिएको बताउँछन् । ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, ०४७ को दफा ११ ले स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्न चाहने व्यक्ति वा संस्थाले परिषदबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘सोही व्यवस्थाअनुसार उहाँहरूको रिसर्च पेपर पब्लिस भएकाले हामीले त्यो गैरकानुनी भएको भन्दै जवाफ माग गरेका हौँ ।’ 

तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ऐन ०४७ को दफा ११ बमोजिम पेपर तयार गर्दा स्वीकृत नलिएको भन्ने विषयमा चिकित्सकहरूले भनेका छन्, ‘राष्ट्रहरूबीच भएका सम्पूर्ण सन्धि, सम्झौता, प्रोटोकल सम्झौताहरू, सन्धि, सम्झौताका पक्षमा रहेका राष्ट्रहरूले आफ्नो देशको कानुनसरह मान्नुपर्छ । नेपाल पक्ष रहेका त्यस्ता सम्झौताहरू नेपालको हकमा कानुनसरह लागू हुन्छन् भन्ने कुरा विज्ञ परिषद्लाई पनि ज्ञान हुनुपर्ने हो । नेपाल ग्लोबल इन्फ्युएन्जा सर्भिलेन्स नेटवर्कमा आबद्ध छ । ६४औँ वर्ल्ड हेल्थ एसेम्ब्लीबाट इन्फ्युएन्जा प्रिपेयडनेस प्लानमार्फत सदस्य राष्ट्रहरू महामारी गराउन सकिने नमुना तथा भाइरस सेयर गर्न मन्जुर छन् भनिएको छ । जसले गर्दा नेपालजस्ता विकासोन्मुख देशहरूलाई भ्याक्सिन तथा अन्य महामारीसँग लड्ने सम्बन्धित औषधि उपचारमा पहुँच बढाउँछ ।’ यस्ता नमुना तथा भाइरस सेयर गर्ने कार्य नेसनल इन्फ्युएन्जा सेन्टरमार्फत हुने व्यवस्था छ । पहिलो कोरोना संक्रमितको जिन पनि नेसनल इन्फ्युएन्जा सेन्टरको सर्तनामाबाट नै भएकाले यसमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को छुट्टै स्वीकृतिसमेत लिनुपर्ने आवश्यकता पर्दैन । 

हङकङस्थित विश्व स्वास्थ्य संगठनको डेजिगनेटेड सेन्टरमा भएको नमुना परीक्षणबाट कोरोना पुष्टि भएपछि सो प्रयोगशालाले आफ्नो ‘टिओआर’ अनुसार भाइरसको सिक्वेन्सिन गरी ग्लोबल इनिसिएटिभ अन सेयरिङ इन्फ्लुएन्जा अल डाटा (जिआइएसएडी) को वेबसाइटको डाटाबेसमा जम्मा गरायो । जसमा नमुना दिने प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गतको नेसनल इन्फ्युएन्जा सेन्टरको नेपाल रहेको भनी उल्लेख छ । यसरी जिआइएसएडीमा जम्मा भएको डाटा सुरक्षित तरिकाले सधै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नाममा रहिरहनेछ । यसरी जम्मा भएको डाटा नेपालको अनुमतिविना त्यससम्बन्धी पेटेन्ट अधिकार पाउँदैन । चीनले समेत भाइरस पत्ता लगाइसकेपछि तुरुन्त त्यसको जिन सिक्वेन्स जिआइएसएडीमा राखेको छ  । 

जिआइएसएडीमा नेपालको मानवमा भेटिएको पहिलो वर्ड फ्लुसहित दुई सय ५४ इन्फ्युएन्जा भाइरसको सिक्वेन्सिङ गरेको तथ्याङ रहेको छ । यस विषयमा भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कुनै ध्यान नपुगेको उनीहरू बताउँछन् । स्पष्टीकरणमा भनिएको छ, जिआइएसडीमा डाटा डिपोजिट गर्दा त्यस्तो डाटाको स्वामित्व सधैँका लागि नेपालमा आएको छ ।